Logo
Logo

अन्तिम पटक भन्दै भोट माग्दै महन्थ ठाकुर


441
Shares

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अन्तिम पटक भोट माग्दै घरदैलो चहारिरहेका छन् । महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ठाकुरले मतदातासँग यो अन्तिम आफ्नो उम्मेदवारी भन्दै आफूलाई मत माग्ने गरेका छन् । यसपछि आफूले अब निर्वाचन नलड्ने बताए ।

अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा हरेक मतदातासँग उनी भन्ने गरेका छन्, ‘यो मेरो अन्तिम उम्मेदवारी हो । त्यसैले मलाई मत भोट दिनुहोला ।’

उनी यस क्षेत्रबाट २०७४ पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले आफूलाई पुनः एकपटक जिताउन जनतासँग उनले आग्रह गर्दै आएका छन् ।

मतदातासँग उनले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी–देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझैपनि गर्दै जाने बताए ।

यो क्षेत्रमा ठाकुरसहित तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, जसपाका हरिनारायण यादव, एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरलगायत चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्