Logo
Logo

डोटीमा प्रेम आलेमाथि खनिए ओली


2.1k
Shares

दिपायल । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको टिप्पणी गरेका छन् । डोटीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नेक्रममा ओलीले प्रेम आलेमाथि यस्तो टिप्पणी गरेका हुन् ।

उनले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी र जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पु¥याउनसमेत आग्रह गरे ।

‘मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा, सभ्यता र संस्कृतिको बेइज्जत गरे’ ओलीले भने, ‘सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा हेर्नुभयो ?’ ओली त्यस्ता विश्वासघाती, पार्टीको माया नगर्ने, विकासको मतलब नभएको भन्दै प्रेम आलेमाथि खनिएका थिए ।

उनले कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको टिप्पणी गरे । ओलीले डोटीमा पहिलो पटक महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्