Logo
Logo

चितवनमा गठबन्धनको संयुक्त चुनावीसभा

शीर्ष नेताहरुले सम्बोधन गर्दै


1.2k
Shares

चितवन । सत्तारुढ गठबन्धनले आज चितवनको भरतपुरमा आमसभा गर्दैछ । चुनावीसभामा गठबन्धनमा रहेका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

चुनावी आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन आएका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरु आउने क्रम सुरु भएको छ । सभास्थल छिर्न कडा सुरक्षा जाँच गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्