Logo
Logo

मंसिर ४ प्रतिगमनकारी समाप्त पार्ने दिन- प्रचण्ड


4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन पूर्ण रुपमा परास्त नभएकाले प्रतिगमनविरुद्ध संघर्ष जारी राख्नुपर्ने बताएका छन् ।

चितवनमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘प्रतिगमन पूर्ण रुपले परास्त भएको छैन । अझै संघर्ष गर्नुपर्ने देखिन्छ ।’

संविधानविरुद्ध कदम चालेर प्रतिगमनको बाटो रोजेकाहरूले टाउको उठाउन खोजिरहेको भन्दै अध्यक्ष प्रचण्डले प्रतिगमन पूर्ण रूपमा परास्त नभएको बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले भने– यतिखेर प्रतिगमनका मतियारहरू देश दौडाहामा देखिन्छन् । उनीहरू अझै बलियो रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । त्यसविरुद्ध संघर्ष आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले मंसिर ४ को निर्वाचन प्रतिगमनकारी विरुद्धको अन्तिम प्रहारको दिन रहेको भन्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरूद्धको प्रहारमा जनता एकमत हुनुपर्ने धारणा राखे ।

अध्यक्ष प्रचण्डले भने– ‘हामी जनता नै विभाजित भयौंै भने, हामी प्रलोभनहरूमा परेर प्रतिगमनकारीलाई मतदान गर्न तयार भयौैं भने, हाम्रो मताधिकार गलत ठाउँमा प्रयोग भयो भने हाम्रा उपलब्धीहरू गुम्ने खतरा छ । त्यसैले, मंसिर ४ मा जनता एकमत हुन आवश्यक छ ।’

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचनका लागि मात्र नभएर देशलाई विकास र समृद्धितर्फ अघि बढाउन बनेको भन्दै गठबन्धनका उम्मेदवाराई विजयी गराउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्