Logo
Logo

एमालेको चुनावी प्रचारमा सहभागी प्रधानाध्यापकलाई कारबाही


16.3k
Shares

काठमाडौं । नेकपा एमालेको चुनावी प्रचारमा सहभागी भएका राष्ट्रिय माध्यामिक विद्यालय साँफेबगर अछामका प्रधानाध्यापक तिलक कुँवरलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।

प्रधानाध्यापकक कुँवर एमालेको निर्वाचन प्रचारमा सहभागी भएको पाइएपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कुँवरलाई कारबाही गरेको हो ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका कुँवरलाई पाँच हजार रुपैयाँ नगद जरिवाना तोकेको आयोगले निजको सेवासर्तसम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाही गर्नु भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत पत्र लेखेको छ ।

कुँवर एमालेको निर्वाचन गतिविधिमा नियमित सहभागी हुने गरेका छन् । त्यसैगरी, सामाजिक सञ्जालमा समेत एमालेलाई भोट मागिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्