Logo
Logo

माछा मार्न जाँदा भेटियो ७ फिटको अजिंगर


- दृष्टि न्युज/संवाददाता

0
Shares

सप्तरी, १३ भदौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–गिदखोरा टोलको पोखरीमा अन्दाजी ७ फिट लम्बाई र १० केजी वजनको दुर्लभ अजिंगर भेटिएको छ । माछा मार्ने क्रममा स्थानीयले अजिंगर फेला पारेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
माछा मार्न गएका स्थानीयले खाडलमा अजिंगर फेला पारेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएका छन् । इलाका प्रहरी कार्यालय भारदहमा ल्याइएको अजिंगर इलाका वन कार्यालय रुपनगरका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले बताए ।
माछा मार्ने क्रममा फेला परेको अजिंगरलाई वन कार्यालयले कोशी टप्पु वन्य जन्तु आरक्षलाई बुझाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्