Logo
Logo

शान्तिको सन्देश दिन हलेरी जाँदै प्रचण्ड र देउवा


1.6k
Shares

रोल्पा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहालले रोल्पाको हलेरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

तत्कालीन माओवादीले यही हलेरीबाट २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । आज आइतबार यहाँ हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै देउवा र प्रचण्डले शान्तिको सन्देश दिन लागेका हुन् ।

जनयुद्ध घोषणा गरिएको झण्डै २७ वर्षपछि शान्ति र मेलमिलापको सन्देश दिन देउवा र प्रचण्डले हलेरीको सभालाई सम्बोधन गर्न लागेको माओवादीका उपमहासचिव एवं रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार बर्षमान पुनले बताएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा वर्मामान पुन गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन् । प्रदेशसभा १ मा माओवादीकै जोखवहादुर महरा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा २ मा भने नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका छन । प्रदेश सभा २ निवर्तमान प्रदेशसभा सदस्य तथा माओवादी नेता दीपेन्द्र पुनले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्