Logo
Logo

सुकुम्वासीलाई प्रकाशमानको आश्वासन- चित्त बुझ्ने गरी समस्या समाधान गर्छु


252
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिती नजिकिएसंगै सबै राजनैतिक दलका उम्मेदवार मतदाताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । निर्वाचनको प्रतिस्पर्धामा निर्णायक भुमिका खेल्न सक्ने अधिकांस मतदाता गरिबी, निमुखा र सिमान्तकृत समुदायमा रहेकाले दलका उम्मेदवारहरु आ-आफ्नो विकासका एजेण्डा लिएर मत मागिरहेका छन्

यसैबीच सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले को सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए ।

‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’

समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए । ‘सरकार र तपाईंहरुलाई पनि हुने गरीकन, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्