Logo
Logo

गृहमन्त्री हुँदा देउवाले १२२ जनाको हत्या गरेको ओलीको आरोप


1.6k
Shares

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाएका छन् । दैलेखको जम्बुकाँधमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले देउवालाई के काम गर्नुभयो ? भन्दै प्रश्न गर्दै भने, ‘देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’

देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको उनले बताए । एमाले जनताका नाममा आतंक मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्