Logo
Logo

उर्लाबारीमा धारिलो हतियार प्रहार गरी मामाको हत्या


882
Shares

विराटनगर स् मोरङको उर्लाबारी नगरपालिका–८ का एक जना युवकले धारिलो हतियार प्रहार गरेर आफ्नै मामाको हत्या गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी-८ का २२ वर्षीय सुजन पाँचकोटीले मोरङको पथरीशनिश्चरे नगरपालिका-१ घर भइ बहिनीकाे घरमा रहेका ४२ वर्षीय काजी महराको (बाम्फोक) दाउले हानेर हत्या गरेका हुन् ।

महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले आइतबार राति ११स्४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

निद्रामा बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको र शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेको छ । हालसम्म किन हत्या भयो भन्ने कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्