Logo
Logo

सचिव ताक्दै सहसचिव थापा


378
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंह मंसिरको पहिलो साता अवकाश पाउँदैछन् । उनको अवकाशसँगै रिक्त प्राविधिक क्लस्टरको सचिवमा बरिष्ठताका आधारमा सहसचिवहरु रामआधार साह, विश्वबाबु पुडासैनी र अर्जुन थापा बढुवाका दाबेदार हुन् ।

सहसचिवहरु रामआधार साह, विश्वबाबु पुडासैनी र अर्जुन थापा

यीमध्ये अर्जुन थापा सचिव पदका लागि निकै जोडबलका साथ शक्तिकेन्द्र धाइरहेकका छन् । दोहोरिएर सडक विभागको महानिर्देशक भएका थापा बरिष्ठ सहसचिवहरुलाई उछिनेर सचिव हुने खेलमा लागेका छन् । थापा १ बर्षपछि अवकाश हुने भएकाले तेस्रो नम्बरमा भएता पनि अहिले नै सचिव हुने चलखेलमा लागेका छन् ।

काठमाडौंका रैथाने थापा कांग्रेस नेता राजन केसीको क्षेत्रका भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणालाई प्रभावमा पारी बढुवा हुने खेलमा छन् । उनले सचिव बढुवापछि भौतिक पूर्वाधारमै नभए सहरी विकासमा पदस्थापन हुने भन्दै परामर्शदाता र ठेकेदारबाट बढुवाका लागि थैली संकलन गरिरहेका छन् ।

उनले बढुवापछि पदस्थापन समेत रोजेकै मन्त्रालयमा हुनुपर्नेगरी बालुवाटारलाई कन्भिन्स गरिसकेको दाबीश परामर्शदाता र ठेकेदारहरुसँग गरेका छन् । उनको दौडधूप देखेर बालुवाटारकै रोजाइमा लगिएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल समेत चिन्तित छन् ।

अहिले सडक विभागअन्तर्गत १ अर्बका २२ वटा कार्यक्रम संचालित छन् । ती कार्यक्रमको ठेक्का लगाउँदा १ प्रतिशत पीसीबाटै २२ करोड लाभ हुने भएकाले थापा भौतिक पूर्वाधार र सहरी बिकासमा पदस्थापन हुने सर्तमा मात्रै सचिव बढुवा हुने खेलमा छन् । यदि भौतिक पूर्वाधार र सहरी मन्त्रालय नपाउने हो भने सडकमै महानिर्देशक पदमा रहने उनको चाहना रहेको बताइन्छ । १५ बर्ष अवधि बाँकी भएका सहसचिव विश्वबाबु पुडासैनी भने अझै केही बर्ष सचिव बढुवा नभए हुन्थ्यो भन्ने चाहनामा छन् ।

प्रतिक्रिया दिनुहोस्