Logo
Logo

सुनको भाउ एकैदिन एक हजारले बढ्यो, तोलाको कति ?


819
Shares

काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ प्रतितोला एक हजार रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९८ हजार दुई सय तोकिएको छ । छापवाल सुन सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा मा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले बढेर एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्