Logo
Logo

कुबेत एयरलाइन्सको ठगी


378
Shares

काठमाडौं । कुबेत एयरलाइन्सको बदमासीले सोमबार साढे दुई सय यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । सोमबार बिहान साढे सात बजेको काठमाडौं–कुबेत उडानका लागि उसले दुई सय ४० वटा टिकट बेचेको थियो । तर, यात्रुहरु विमानस्थलमा पुगेपछि उडान रद्द भएको जानकारी गराइयो । कुबेत जान भनेर भनेर घरबाट बिदा भएर विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेपछि उनीहरुले आक्रोश व्यक्त गरे ।

जबकि अन्तर्राष्ट्रिय उडान रद्द हुने भएपनि २४ घन्टा अघि नै जानकारी गराउनुपर्छ नत्र यात्रुहरुलाई विमान कम्पनीले नै होटलमा राख्नुपर्ने हुन्छ । तर, कुबेत एयरलाइन्सले भने घर फर्काउन खोजेपछि विमानस्थलमा तनाव भएको हो ।

स्रोतका अनुसार भैरहवा विमानस्थलबाट समेत उडान गर्नका लागि भनेर उसले लिएको सुविधा अनुसार काम नगरेपछि नागरिक उड्डयन कार्यालयले उसको उडान रोकेको हो । जसकारण दुई सय ४० जना यात्रुले समस्या भोगे । दुई साताअघि नेपाल एयरलाइन्सले पनि यस्तै गरेको थियो ।

विमानस्थलभित्रको चरम बेथिती र अव्यवस्थाका कारण यसरी यात्रुहरु ठगिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्