Logo
Logo

राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा


315
Shares

न्युयोर्क । अमेरिकी पुर्वराष्ट्रपति ड्रनेनाल्ड ट्रम्पले आगामी २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए- लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए । उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए । यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्