Logo
Logo

प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट


37.9k
Shares

काठमाडौं । भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।

कार्यक्रममा आएको भोजपुर अरुण गाउँपालिका  घर भएका सुमल श्रेष्ठले बोकेको झोलामा भएको बम विस्फोट भएको हो । प्रहरीले ति युवालाई पक्राउ गरेको छ । विष्फोटका कारण सुमलको खुट्टामा चोट लागेको छ भने एक महिला सामान्य घाइते भएका छन् । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत जाँदैछन् । प्रचण्ड र महत कार्यक्रमस्थल भने पुगिसकेका छैनन् । 

बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्