Logo
Logo

माओवादीका उम्मेदवार बरालविरुद्ध उजुरी


504
Shares

काठमाडौं । कास्की–३ माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ को उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

प्रदेशका अर्थमन्त्रीसमेत रहेका बराल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित बोधराज सुवेदीले आयोगमा उजुरी दिएका हुन् ।

बराल कालोसूचीमै रहेका बेला उम्मेदवार बन्न योग्य रहेको भन्दै झूटो विवरण दिएको र अझै कालोसूचीमा रहेकाले उम्मेदवार बन्न नपाउने उजुरीमा उल्लेख छ ।

बराल संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई ३८ लाख २४ हजार रूपैयाँ तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्