Logo
Logo

माधव नेपाललाई सहज बन्दै प्रतिस्पर्धाः जसपाका नगर अध्यक्ष नै समाजवादीमा प्रवेश


17.9k
Shares


रौतहट । रौतहट सदरमुकाम गौरको जनता समाजवादी पार्टीका नगर अध्यक्षसहितका कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बुधबार एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालका नगर अध्यक्ष पासपत रायसहितका कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्।

यसले नेता नेपाललाई चुनाव जित्न थप सहज भएको छ । यसअघि गौरका चर्चित नेता रेवन्त झाले पनि जसपा परित्याग गरी नेकपा एसलाई रोजेका थिए।


नेकपा एमालेबाट गौर नगरपालिका ४ का वडाध्यक्ष उम्मेदवार विन्देश्वर पंडितले पनि पार्टी परित्याग गरी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट माला र टीका लगाई नेकपा एसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेता नेपालले सबैको साझा घरको रुपमा नेकपा एस रहेकोले सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरुलाई सदा स्वागत गर्न आफू तयार रहेको बताएका छन्। रौतहटमा नेकपा एस सबैभन्दा शक्तिशाली दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्