Logo
Logo

सुदन किरातीलाई जिताउनुस्, मन्त्री बनाए पठाउँछु : प्रचण्ड


2.6k
Shares

भोजपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् ।

गठबन्धनले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन गर्न भोजपुर पुगेका दाहालले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताए ।

दाहालले भने, ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ ।’

अध्यक्ष दाहालले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती विजयी बने उनलाई मन्त्री बनाउनेसमेत बताए । विगतलाई सम्झँदै अध्यक्ष दाहालले भने, ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरू सुदनलाई जिताएर पठाउनुस् ।’

किराँती २०६४ र २०७४ सालको निर्वाचनबाट दुईपटक सांसद भई सकेका छन् । संघीय सांसदका लागि किराँती र एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राई बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्