Logo
Logo

माओवादी चितवनका अध्यक्षलाई आयोगकाे स्पष्टीकरण


1k
Shares

काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ ।

२९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो ।

माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा पोष्ट गरी २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्