Logo
Logo

भरतपुर कारागारका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने


378
Shares

चितवन । यो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भरतपुर कारागारमा रहेका १०१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

उनीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुन् । मतदाताको अन्तिम नामावलीमा रहेका ९७ पुरुष र ४ महिला गरी १०१ कैदीबन्दीलाई मतदान गर्न मिल्ने गरी कारागारभित्रै अस्थायी मतदान केन्द्र बनाइने चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए ।

कारागारमा हाल ७९३ जना कैदीबन्दी छन् । कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्