Logo
Logo

भारतबाट घटेर आयो पेट्रोलको मूल्य


378
Shares

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपैयाँ १६ पैसा बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको भाउ बढेर र डिजेलको घटेर आएको निगमले जनाएको छ । डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमको भनाइ छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ । अघिल्लो पटक पेट्रोलमा १३ रुपियाँ ९२ पैसा नाफा रहेको थियो।

यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्