Logo
Logo

ऋषि धमलाको चुनावी अभियान कार्यक्रममा कुटाकुट


10.6k
Shares

डडेलधुरा । पत्रकार ऋषि धमलाले चलाएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी युवाबीच कुटाकुट भएको छ ।
डडेल्धुरा सदरमुकाममा आज बिहानको चुनावी कार्यक्रम खिच्ने क्रममा युवाबीच माइक खोसाखोस र हात हालाहाल भएको हो ।

पत्रकार ऋषिको उक्त कार्यक्रममा स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवारसमेत सहभागी थिए ।
त्यसक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए ।

होहल्ला बढ्दै गएपछि केही युवाले माइक फालिदिएका थिए भने माइक फालिएपछि विवाद बढ्दै जाँदा युवाबीच कुटाकुट भएको हो । दर्शकदीर्घामा जम्मा भएका एक युवकले सागर ढकाललाई प्रश्न गर्ने क्रममा अर्का युवकले धकेलिदिएपछि कुटाकुटको अवस्था आएको हो ।

ऋषि धमलाले पटक पटक शान्त भएर प्रश्न गर्न आग्रह गरेका थिए । तर युवाहरु एकआपसमा भिड्न थालेपछि कार्यक्रम नै रोक्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्