Logo
Logo

रमेश खरेललाई भोट भाग्दै पूर्व आइजिपी अच्युतकृष्ण खरेल सडकमा


1.4k
Shares


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रमेश खरेललाई मत माग्दै पूर्व आइजिपी अच्युतकृष्ण खरेल र चर्चित फिल्मकर्मी यादब खरेल चुनावी घरदैलोमा निस्किएका छन् । बिहीबार उम्मेदवार खरेलसँगै उनीहरु पनि घरदैलो अभियानमा सहभागी भएका थिए ।


प्रहरीमा रहँदा उत्कृष्ट काम गरेर लोकप्रिय बनेका रमेश खरेल राष्ट्रिय सुशासन पार्टीबाट उम्मेदवार बनेका हुन् । आमा उनको निर्वाचन चिन्ह हो । सुशासनको नारा लिएर उनी चुनावी मैदानमा छन् । पार्टीको संगठन बलियो नभएपनि प्रहरीमा गरेको कामका कारण उनमा जनताको आकर्षण छ । क्षेत्र नम्बर १ का सबै टोल टोलमा उनी पुगिसकेका छन् ।


यो क्षेत्रबाट खरेलसँगै कांग्रेसका प्रकाशमानसिंह, एमालेका किरण पौडेल, राप्रपाका रबिन्द्र मिश्र तथा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । धेरै जना नयाँ उम्मेदवार भएकाले यो क्षेत्र निर्वाचनमा सर्वाधिक चासो छ । पछिल्लो समय खरेलको लागि समर्थन बढीरहेको छ । कलाकार निर्मल शर्मा पनि खरेललाई जिताउने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्