Logo
Logo

मंसिर ४ मा एमालेको सर्वनाक हार हुन्छ- माधव नेपाल


5.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेले सर्वनाक हार व्यहोर्ने दाबी गरेका छन् ।

विकास, समृद्धि र संविधानका रक्षाका लागि नेपाली जनतालाई मतदान गर्ने भन्दै अध्यक्ष नेपालले प्रतिगमनकारी एमालेले सर्वनाक हार व्यहोर्ने दाबी गरेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौं–२ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘नेपाली जनताले प्रतिगमनकारी शक्ति एमालेलाई मतदान गर्ने छैनन् । जनता विकास, समृद्धि र संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न तयार भइसकेका छन् । यसपटक एमालेले सर्वनाक हार व्यहोर्ने छ ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने भन्दै जनतामा भ्रम छरिरहेको समेत टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले भने– ‘केपी ओलीले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने भन्दै जनतामा भ्रम छरिरहेका छन् । उनलाई थाहा छैन होला, यसपटक एमालेको सर्वनाक हार व्यहोर्दै छ । त्यसैले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने छ ।’

अध्यक्ष नेपालले विकास, समृद्धि र संविधानको रक्षाका लागि पनि गठबन्धनले निर्वाचन जित्नुपर्ने धारणा राखेका छन् । गठबन्धनले निर्वाचन हार्दा देश पुनः प्रतिगमनतर्फ जाने भन्दै अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्