Logo
Logo

‘ओलीको गोरुगाढावाला सिद्धान्त असफल भइसक्यो’


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको गठबन्धनले संविधान मिच्ने काम गरेको आरोप लगाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ द्धारा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली संविधान च्यात्न भोट मागेको बताए । उनले भने, ‘केपी नेतृत्वको गठबन्धनले संविधान च्यात्ने मिच्ने कुरा गर्छन् । फेरि भोट माग्न जनता कहाँ आउँछन्, मैले धेरैतिर भन्ने गरेको छु । यसरी भोट माग्नेलाई जनताले सोध्नुपर्छ । तपाईहरुलाई किन भोट चाहियो ? संविधान च्यात्न सफल भएन दुई तिहाई हुँदा पनि संविधान च्यात्न भोट माग्न खोज्नु भएको हो ?’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीको सबै सिद्धान्तहरु असफल भइसकेको बताए । उनले भने, ‘केपी ओलीले नैतिकताका आधारमा म अब राजनीतिमा रहन्न भन्ने अवस्था भइसक्यो, तर, उहाँ मान्न तयार हुनुहुन्न् । उहाँको सबै सिद्धान्तहरु असफल भइसकेका छन् । नेपालमा संविधानसभा हुन सक्दैन । समानुपातिक समानुपातिक हुँदैन । गणतन्त्र हुनुहुँदैन भन्ने थियो । उहाँको गोरु गाढावाला सिद्धान्त असफल भइसक्यो ।’

अहिले देशमा दुईवटा गठबन्धन भएपनि आफूहरूको खुला र पारदर्शी तरिकाले गठबन्धन बनाएको प्रचण्डले बताए । ‘हामी संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि गठबन्धन बनाएका छौं’ प्रचण्डले भने– ‘अर्को पनि गठबन्धन केपी ओली नेतृत्वमा छ । उनीहरू गठबन्धन भन्दैनन् गर्छन् गठबन्धन । त्यस गठबन्धनमा राजावादी, राजतन्त्र फर्काउने, देशको एकता खल्बल्याउने, दक्षिणपन्थी र पश्गामीहरुको गठबन्धन छ ।’

प्रतिक्रिया दिनुहोस्