Logo
Logo

सेना र प्रहरीको जस्तै सशस्त्र प्रहरीद्वारा पत्रिका प्रकाशन


945
Shares


काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले जस्तै संगठनका गतिविधिबारे जानकारी गराउन सशस्त्र प्रहरीले समर्पण मासिक पत्रिका सुरु गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंसीर १ गते एक कार्यक्रमका बीच ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको बिमोचन गरेका छन् ।


संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका प्रकाशन संगठनको लागि एक ऐतिहासिक क्षण समेत भएको उनको भनाई थियो ।


महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेवलसम्म भएकाकामकारवाहीहरु समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुले आफुले गरेका व्यवसायिक तथा प्रकाशन योग्य कार्यहरु समयमा नै उपलब्ध गरानुपर्ने बताए ।


संगठनको यस उपलब्धी र प्रयासलाई भविश्यमा अझै बढि स्तरीय बनाउँदै लगिने भएको हुँदा मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो मनमा लागेका राय तथा सुझावहरु पेश गर्नुपर्ने बताएका छन् ।


नेपाली सेनाले सिपाही पाक्षिक तथा नेपाल प्रहरीले प्रहरी नामक द्वैमासिक पत्रिकाको प्रकाशन गर्दै आएको छ । संगठन स्थापनाको २० वर्षपछि सशस्त्र प्रहरीले पनि आफ्नै पत्रिका प्रकाशन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्