Logo
Logo

रक्सी खाएर झगडा गरेको आरोपमा मतदान अधिकृत बर्खास्त


2.1k
Shares

नवलपरासी । रक्सी खाएर झगडा गरेको आरोपमा नवलपरासीमा एक जना मतदान अधिकृत बर्खास्तमा परेका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरको हो ।

निर्वाचन सामग्री बुझ्नेक्रममा मादक पदार्थ सेवन गरेका उनले मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्खास्त परेका मतदान अधिकृत चौधरीको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ । नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्