Logo
Logo

संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

‘विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर पर्यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो’, उनले भने ।
महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसद्मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याए । उनले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने बताए ।

लोकतान्त्रिक वाम गठबन्धनकोतर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिभित्रको विकृति अन्त्य गर्दै काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्