Logo
Logo

सुरु भयो मौन अवधि, के गर्न पाइँदैन ?


441
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर समय सुरु हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार आयोगले निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न आजदेखि मौन अवधी लागू गरेको हो ।

स्थिर अवधी सुरु भएसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन् । मतदान नसकिएसम्म स्थिर अवधि कायम रहनेछ ।

आयोगले स्थिर समयमा चुनावी प्रचारप्रसार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको छ ।
त्यस्तै सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।

के-के गर्न पाइँदैन ?
-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने ।

-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र -प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।

प्रतिक्रिया दिनुहोस्