Logo
Logo

ललितपुर-१ का उम्मेदवार घिमिरेले तोडे अनशन


567
Shares

काठमाडौं । चार दिनदेखि आमरण अनशनमा बसेका ललितपुर क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. सचिन कुमार घिमिरेले अनशन तोडेका छन् ।

ललितपुर महानगर वडा नम्बर १० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको हातबाट दही पिएर उनले आज बिहान अनशन तोडेका हुन् ।

डा. घिमिरेले सातबुँदे माग राख्दै अनशन बसेका थिए । गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र कोन्ज्योसम गाउँपालिका र निवर्तमान सांसद नवराज सिलवालले उनको माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि उनले अनशन तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्