Logo
Logo

गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण


441
Shares

काठमाडौं । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा आयोगले २४ घन्टाभित्र जवाफ दिन निर्देशन दिएको हो ।

आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लङ्घनका विषयमा स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्