Logo
Logo

सप्तरीमा सुरक्षा व्यवस्था चुस्त


0
Shares

सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

मतदानस्थलको घेराको सुरक्षाका लागि जिल्लामा एक हजार ६ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकामा दुई घुम्ती टोली परिचालन गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

चार निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरेको छ ।

निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइसमेत गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेश सिंहले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था पनि मिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्