Logo
Logo

बाजुराका ४ वटा निर्वाचनस्थल मात्रै सामान्य


819
Shares

बाजुरा । बाजुरा जिल्लाका ७० वटा मतदानस्थलमध्ये ४ वटा मात्रै सामान्य अवस्थाका छन् । स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ ।

फाइल फोटो

बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् । शान्ति सुरक्षाको संवेदनशीलता बुझ्न सुदूरपश्चिम प्रदेश सरकारका सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायव महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विश्वकुमार भट्टराई बाजुरा पुगेर सुरक्षाको अवस्थाबारे अनुगमा गर्दा यस्तो पाइएको हो ।

अनुगमनको क्रममा ४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा रहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए । उनका अनुसार २३ वटा मतदानस्थल संवेदनशील रहेका छन् ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको बाजुरा जिल्लामा ७० मतदानस्थलमा ११२ मतदान केन्द्र छन् ।
वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो ।

स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको हो ।

निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न अनुमगन तथा निरीक्षण गरिएको नेपाली सेनाको श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले बताए ।

अनुगमनमा पुगेको टोलिले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय लगाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्