Logo
Logo

काठमाडौं–५ मा पैसा बाँडेको आरोपमा एमाले नेताहरू पक्राउ


6.7k
Shares


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा एमालेका स्थानीय नेताहरु पक्राउ परेका छन् ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार समेत रहेका एमाले काठमाडौं अध्यक्ष दीपक निरौला ,बुढानिलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका– ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । त्यहाँ पैसा बाँड्न गएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । यो प्रकरणले पोखरेल पनि विवादमा तानिएका छन् । पक्राउ परेकालाई छाड्ने प्रहरीमाथि ठूलो दबाब परेको छ । सोही कारण यस विषयमा प्रहरी केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्