Logo
Logo

 फुर्सदमा साग केलाउँदै ओली


1.1k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फुर्सद मिलेको छ । बिहीबारसम्म चुनावी प्रचारका लागि देश दौडाहामा रहेका ओलीलाई स्थिर समय सुरु भएसँगै फुर्सद मिलेको हो । 

अध्यक्ष ओलीले शनिबार फेसबुकमा पत्नी राधिकासँग साग केलाइरहेको फोटो राख्दै आफूलाई फुर्सद भएको जानकारी दिएका छन् । उनले लेखेका छन्– धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासँग साग केलाउँदै ।’

अहिले स्थिर समय भएकोले राजनीतिक दलहरुलाई चुनावी प्रचारप्रसारको लागि रोक लगाइएको छ । भोलि (आइतबार) प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्