Logo
Logo

आमनिर्वाचन-२०७९ : देशैभर मतदान सुरु


315
Shares

तस्बिर : भविन्द्र कुलु

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि देशैभर मतदान सुरु भएको छ । मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो ।

संविधानले निर्धारण गरेको हरेक पाँच वर्षमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुने गर्दछ । प्रतिनिधिसभामा १६५ सिट र प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० र अन्य २२० सिटका लागि आज निर्वाचन हुन लागेको हो ।

जसका लागि मुलुकभर १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदानस्थल छ । जम्मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

जसमा ९१ लाख ४० हजार ८०६, ८८ लाख ४७ हजार ५७९ महिला मतदाता रहेका छन् । १८५ अन्य मतदाता छन् भने ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रका लागि ६१ राजनीतिक दल र स्वतन्त्रबाट २ हजार ४१२ जना उम्मेदवार मैदानमा छन् । समानुपातिकतर्फ ११० सिटका लागि ४७ राजनीतिक दलबाट २ हजार १९९ जनाको नाम बन्दसूचीमा छ ।

यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर ३ हजार २२४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ २२० सिटका लागि विभिन्न राजनीतिक दलबाट ३ हजार ७०८ जनाको नाम बन्दसूचीमा पेश भएको छ ।

चुनाव सुरक्षार्थ ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाली प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, १ हजार ८२१ जना राष्ट्रिय अनुसन्धान विभागबाट र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ ।

संविधान जारी भएपछि दोस्रोपटक संघिय निर्वाचन हुन लागेको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्