Logo
Logo

सभामुख सापकोटाले गरे मतदान


504
Shares

काठमाडौं । सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले मतदान गरेका हुन् ।

आज देशभर भइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् । दुई संविधान सभासहित तीन प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर ह्याट्रिक जित निकालेका सापकोटा यस पटक चुनावी मैदानमा छैनन् । पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

उम्मेदवार बन्न पार्टीले सापकोटालाई प्रस्ताव र सिफारिस गरे पनि युवालाई अवसर दिनुपर्ने भन्दै उनले मैदान छोडिदिए । यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन्। भजित सुबोध उम्मेदवार रहे पनि कानुनी बन्धनका कारण सभामुख सापकोटाले कसैलाई भोट मागेनन् ।

प्रतिक्रिया दिनुहोस्