Logo
Logo

योगेश भट्टराईले गरे मतदान


441
Shares

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् । भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट उनी प्रतिनिधिसभा उम्मेदवार छन् । भट्टराई अघिल्लो निर्वाचन २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनले लोकतन्त्रलाई अझ सुदृढ बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्