Logo
Logo

मुगुमा भेटिएकाे ५ वटा शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज


441
Shares

काठमाडौं । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तर्गत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । निर्वाचन विथोल्न निर्वाचन बहिस्कार गरेका केही समुहले विभिन्न स्थानमा शंकास्पद बस्तु राखेर मतदातामा भ्रम सिर्जना गर्न खोजिएको छ ।

मतदानको पुर्वसन्ध्यादेखि नै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिन थालेको थियो । हाल सम्म करिब ४० बटा शंकास्पद वस्तु बम डिस्पोजलकाे टिमले डिस्पोज गरिसकेको छ । सरकारले निर्वातनका लागि देशभर ९०३ जना बम डिस्पोजल टिम परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्