Logo
Logo

मतदानपछि गगनले भने, ‘संसदीय दलको चुनाव लड्ने योजना छ


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ को मत परिणामले भोलिका दिनमा मुलुक कसले हाँक्ने भन्ने निर्णय गर्ने बताएका छन् ।

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाले मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । सोक्रममा उनले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।

‘मत परिणामले यो क्षेत्रको सांसद दिनेमात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु’, गठबन्धनका साझा उम्मेदवार रहेका थापाले भने ।

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको बताउँदै उनले भने, ‘जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो ।’ उनले संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने संकल्प गरे ।

प्रतिक्रिया दिनुहोस्