Logo
Logo

खेलकुदमन्त्री महेश्वर गहतराजले गरे मतदान


819
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मतदान गरेका छन् । मन्त्री गहतराजले बाँके क्षेत्र–१ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन ।

मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री गहतराजले संविधानको रक्षा र स्थायीत्वका लागि मतदान गरेको बताए ।

माओवादी केन्द्रका स्थायी समिती सदस्यसमेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन ।

बाँके क्षेत्र–१ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री गहतराजले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे ।

उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया दिनुहोस्