Logo
Logo

केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान


63
Shares

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन् । आठ कैदन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो । बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन् । सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो ।

मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर्वाचनमा खटिइएकाले मतदान अधिकृत पाण्डेले मात्र सो केन्द्रबाट मतदान गरे । उनीहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मतदान गरेका हुन ।
समानुपातिकको मत आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र पाउने प्रावधान छ ।

केन्द्रीय कारागार मातहत रहेका तीनवटा कारागारमध्ये केन्द्रीय कारागारमा चार र भद्र बन्दीगृहका तीन बन्दीले मतदान गरेका हुन् । महिला कारागारमा रहेका कैदीबन्दीको भने मतदाता नमावलीमा नाम नरहेको बताइएको छ । केन्द्रीय कारागारमा तीन हजार चार सय बढी कैदीबन्दी रहेका छन् ।

निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्