Logo
Logo

सर्लाहीमा झडप, एक जनाको मृत्यु


1.1k
Shares

काठमाडौं । सर्लाहीको गोडैटा नगरपालिका–६ मा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति दुई समूहबीच झडप हुँदा घाइते भएका गोडैटा नगरपालिका–६ का ६५ वर्षीय राम केवल रायको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा आइतबार जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा दुवैतर्फबाट ढुंगामुडा भएको थियो । सो झडपमा परी ४ जना घाइते भएका छन् ।

घाइतेहरूको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

झडपमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्