Logo
Logo

बाजुरामा मतपेटिका जलाइयो, मतदान स्थगित


2.7k
Shares

बाजुरा । बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो ।

प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटिकामा आगजनी भएको हो । कसले आगजनी गर्‍यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार मतपेटिकामा आगो लगाइएपछि सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्