Logo
Logo

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगणना कहाँ-कहाँ हुँदैछ ?


5.1k
Shares

काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना १० ठाउँमा हुने भएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौं- १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

मतपेटिका संकलनको काम भइरहेको भन्दै प्रक्रिया पूरा गरी आजैबाट मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्