Logo
Logo

काठमाडौंमा ५५ प्रतिशत मत खस्यो

1.3k
Shares

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा ५५ प्रतिशत मत खसेको छ ।

यहाँका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ‘सबै केन्द्रहरूमा मतदान सकिएको छ । बेलुकी ५ बजेपछि कुनै पनि केन्द्रमा मतदाता देखिनुभएन,’ उनले भने, ‘त्यसैले हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौँ ।’

उनकाअनुसार मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा पेटिका संकलनको काम प्रारम्भ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्