Logo
Logo

एबीसी एक्जिट पोल- सत्ता गठबन्धनले सय सिट सहज जित्ने, एमाले गठबन्धन ५० सिटमा सिमीत हुने


64.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि तोकिएको समय सम्पन्न भएको छ । मतदान स्थल प्रवेश गरेकोहरुले भने मतदान गरिरहका छन् ।

मतदानको लागि तोकिएको समय सम्पन्न भएसँगै मतपरिणामबारे गरिएका प्रक्षेपणहरु सार्वजनिक हुन थालेको छ ।

यसैक्रममा ०७४ को स्थानीय तहको निर्वाचनदेखि मत एक्जिट पोल सार्वजनिक गर्दै आएको एबीसी टेलिभिजनले यसपटकको निर्वाचनको एक्जिट पोल सार्वजनिक गरेको छ ।

एबीसी एक्जिट पोलका अनुसार सत्ता गठबन्धनले प्रत्यक्षतर्फ ६० प्रतिशतभन्दा बढी सीट जित्ने छ भने प्रतिपक्षीय गठबन्धनमा रहेका एमाले, जनता समाजवादी पार्टी र राप्रपाले जम्मा ३५ प्रतिशत सिटमा जित्ने देखिएको छ ।

दलगत रुपमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ६१ देखि ७० सम्म, माओवादी केन्द्रले २४ देखि ३१ सम्म, लोसपाले ३ देखि ४, एकीकृत समाजवादीले ७ देखि १०, राजमोले २ सिट र सत्ता गठबन्धनले समर्थनगरेका दुई जना स्वतन्त्र उमेद्वारहरुले जित्ने देखिएको छ ।

रुपन्देही १ मा घनश्याम भुसाल र रौतहट ३ मा प्रभु शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

प्रतिपक्षीय गठबन्धनको मुख्य दल नेकपा एमालेले ३४ देखि ४१ ससम्म, जसपाले ५ देखि ७ सम्म र राप्रपाले ३ देखि ५ सिटसम्म जित्न सक्नेछन् ।

एबीसी एक्टिज पोलका अनुससर प्रमुख दलका प्राय जसो मुख्य नेताहरुले चुनाव जित्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राजमो अध्यक्ष चित्रबहादुर केसी , लोसपा अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन जित्ने छन् ।

एक्जिट पोलका अनुसार यसपटक सवैभन्दा ठूलो संकट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई देखिएको छ । उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुने सम्भावना रहेको छ ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो ।

प्रतिक्रिया दिनुहोस्