Logo
Logo

देशभर करिब ६१ प्रतिशत मत खस्यो


882
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ ।

आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

प्रतिक्रिया दिनुहोस्