Logo
Logo

रौतहट-१ मा माधव नेपाल निर्वाचित हुने प्रक्षेपण


48.8k
Shares

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित हुने देखिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि तोकिएको समय सम्पन्न भएसँगै एबीसी टेलिभिजनले सार्वजनिक गरेको प्रक्षेपणमा यसपटक रौतहट- १ बाट माधव विजयी हुने देखिएको हो । ०७४ को स्थानीय तह निर्वाचनदेखि एक्जिट पोल सार्वजनिक गर्दै आएको एबीसी टेलिभिजनको एक्जिट पोलले यसपटक रौतहट-१ बाट माधव विजयी हुने देखाएको छ ।

रौतहटमा माधवलाई सत्ता गठबन्धनको साथ रहेको छ । सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ता प्रतिस्पर्धामा छन् । ०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्