Logo
Logo

केपी ओली विजयी हुने प्रक्षेपण 


62.5k
Shares


काठमाडौं । झापा ५ बाट नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विजयी हुने देखिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि तोकिएको समय सम्पन्न भएसँगै एबीसी टेलिभिजनले सार्वजनिक गरेको प्रक्षेपणमा यसपटक पनि झापा-५ बाट ओली निर्वाचित हुने देखिएको हो । ०७४ को स्थानीय तह निर्वाचनदेखि एक्जिट पोल सार्वजनिक गर्दै आएको एबीसी टेलिभिजन झापा-५ ओली विजयी हुने सम्भावना देखाएको हो । 

झापा–५ मा ओलीसँग नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् । अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साथ रहेको छ । 

स्थानीय निर्वाचन-२०७९ मा वडा अध्यक्षहरूको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले एक्लैको ४१ हजार ६१९ मत छ । नेपाली कांग्रेसले २२ हजार २२, नेकपा माओवादी केन्द्रले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्